काठमाडौं, ४ साउन। स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङ र राज्य मन्त्री हिराचन्द्र केसी समक्ष अनेरास्ववीयूले आज सामुदायिक र सरकारी क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई ओपीडी सेवा निशुल्क र स्वास्थ्य सेवामा ५० प्रतिशत सहुलीयतको माग गर्दै ज्ञापन पत्र बुझाएको छ । अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा मन्त्रालयमै पुगेर अनेरास्ववीयूले ज्ञापन पत्र बुझाएको हो ।
सरकारी र सामुदायिक विद्यालय तथा क्याम्पसका विद्यार्थीलाई अस्पतालहरुमा ओपिडी सेवा निशूल्क र सवैखाले उपचारमा ५० प्रतिशत सहुलियत सुनिश्चित गर्न उनीहरुले माग गरेका छन् ।उनीहरुले बुझाइएको ध्यानाकर्षणपत्रमा भनिएको छ,‘स्वास्थ्य उपचारवाट कुनै पनि विद्यार्थी वञ्चित हुने अवस्था नवनोस र यही विषयमा पुनः हामीले आन्दोलन गर्न नपरोस्।’ अनेरास्ववीयूले स्वास्थ्यको मौलिक हक कार्यान्वयन गर्न समेत माग गरेको छ।

