• ट्रेण्डिङ्ग :
अर्थमन्त्री प्रकरण: संसदीय विशेष समितिलाई दुई पत्रकारको जवाफ- प्रमाण छ दिन मिल्दैन

अर्थमन्त्री प्रकरण: संसदीय विशेष समितिलाई दुई पत्रकारको जवाफ- प्रमाण छ दिन मिल्दैन


  • 5.5K
    SHARES
    • श्रावण ४, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    अर्थमन्त्री प्रकरण: संसदीय विशेष समितिलाई दुई पत्रकारको जवाफ- प्रमाण छ दिन मिल्दैन

    काठमाडौं, ४ साउन। अर्थमन्त्रीमाथि छानबिन गर्न गठित संसदीय समितिले अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत दुई पत्रकारसँग सोधपुछ गरेको छ । आज सिंहदरबारमा भएको बैठकमा उनीहरुलाई बोलाएर समितिले सोधपुछ गरेको हो ।

    images

    समितिका सदस्यहरुले पत्रकारद्वय सुरेन्द्र काफ्ले र ममता थापासँग करिब साढे दुई घन्टा कुराकानी गरेका थिए । उनीहरुको प्रश्नमा दुवै पत्रकारले आफूहरु समाचारको विश्वसनीयतामा निर्धक्क रहेको बताएका छन् । तर, उनीहरुले समाचारको स्रोत नखोल्ने बताए । ‘हामी आफ्नो समाचार स्रोतप्रति पूर्ण विश्वस्त छौं । तर, पत्रकारिताको मान्यताअनुसार हामीले आफ्नो स्रोतलाई जोगाउनुपर्छ । त्यसैले स्रोत खोल्न असमर्थ छौं’, पत्रकारद्वयको भनाइ थियो ।

    काफ्ले र थापाको बाइलाइनमा अन्नपूर्ण पोष्टमा पहिलोपटक अर्थ मन्त्रालयभित्र अनधिकृत घुसपैठसम्बन्धी समाचार प्रकाशित भएको थियो । सोही समाचारबाट उत्पन्न भएको विवादपछि अर्थमन्त्री जनार्दन शर्मा राजीनामा दिन बाध्य भएका थिए । समितिले कान्तिपुर दैनिकका पत्रकारसँग पनि सोधपुछ गर्न चाहेको थियो ।

  • सम्बन्धित विषय:

  • # अर्थमन्त्री प्रकरण

  • तेस्रो आँखा
    लेखकबाट थप