• ट्रेण्डिङ्ग :
वर्षासँगै किसानलाई रोपाइँ गर्न भ्याइनभ्याई

वर्षासँगै किसानलाई रोपाइँ गर्न भ्याइनभ्याई


  • 8.5K
    SHARES
    • श्रावण ५, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 13.1K Views

    वर्षासँगै किसानलाई रोपाइँ गर्न भ्याइनभ्याई

    बाग्लुङ, ५ साउन । बुधबार बिहानदेखि सुरु भएको वर्षाले किसानलाई राहत मिलेको छ । खडेरीका कारण रोपाइँ गर्न नपाएका किसानले वर्षापछि धमाधम रोपाइँ गर्न थालेका छन् ।

    images

    जिल्लाभर ३० प्रतिशत खेतमा अझै रोपाइँ गर्न बाँकी छ । बेँसी खेतमा कुलो र नहरको पानी पर्याप्त हुने भएकाले रोपाइँ भएको भए पनि पाखाहरूमा रोपाइँ हुनसकेको थिएन ।

    सुक्खा ठाउँमा भल छोपेर रोपाइँ गर्ने किसान लामो समयको खडेरीका कारण मर्कामा थिए । पानी परेपछि राहत मिलेको जैमिनी नगरपालिका–९ का टङ्कप्रसाद शर्माले बताए ।

    यसअिघ रोपाइँ सकेका किसान खेतमा धाँजा फाट्न थालेपछि चिन्तामा थिए । वर्षासँगै खहरेमा पानीको मात्रा बढेको र मूल बढेपछि रोपेको जमिनमा पानी लगाउन सहज भएको बागलुङ नगरपालिका–१२ का खगेश्वर घिमिरेले बताए ।

    असारको अन्तिम सातायता साउन ३ गतेसम्म भल चल्ने गरी बागलुङमा पानी परेको थिएन । किसान खहरे सुक्न थालेपछि उत्पादन घट्ने चिन्तामा थिए । असार अन्तिम साताका लागि रोप्ने तयारीका साथ ब्याड राखेको बीउ बुढिएर रोप्नै नमिल्ने भइसकेको छ ।

    वर्षासँगै भल छोपेरै भए पनि किसान रोपाइँ गर्न थालेका छन् । जिल्लाभर चार हजार २०० हेक्टर जमिनमा रोपाइँ भएको छ भने एक हजार ८०० हेक्टर खेतमा रोपाइँ हुन बाँकी छ । 

  • सम्बन्धित विषय:

  • # मौसम
  • # धान राेपाइँ

  • तेस्रो आँखा