काठमाडौं, ५ साउन । तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले करको दर हेरफेर गरेर देशका लागि घात हुने काम नगरेको दाबी गरेका छन् । शर्माले संसदीय समितिमा बयान दिने क्रममा यस्तो बताएका हुन् ।
उनले अहिले छानविन समितिमा बयान दिइरहँदा करको दर हेरफेर गरेर कुनै अपराध नगरेको बताएका छन् । उनले नियम कानुन र तोकिएको मापदण्ड अनुसर नै करका दर हेरफेर गरिएकाे बताउँदै कुनै व्यक्तिको विवेक अनुसर करकादर तलमाथि नभएको बताए । उनले करका दर हेरफेर गरेर अपराध नगरेकाे बताएका छन् ।
शर्मामाथि छानबिनका लागि गठन भएको समितिले शर्मालाई समितिमा बोलाएको थियो । बजेटमा करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गरिएको थियो ।
