• ट्रेण्डिङ्ग :
प्रतिनिधि सभा बैठकमा आज नागरिकता सम्बन्धी विधेयक निर्णयार्थ प्रस्तुत गरिने 

प्रतिनिधि सभा बैठकमा आज नागरिकता सम्बन्धी विधेयक निर्णयार्थ प्रस्तुत गरिने 


  • 3.4K
    SHARES
    • श्रावण ६, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 5.3K Views

    प्रतिनिधि सभा बैठकमा आज  नागरिकता सम्बन्धी विधेयक निर्णयार्थ प्रस्तुत गरिने 

    काठमाडौ, ६ साउन ।  आज प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे संसद भवन बानेश्वरमा बस्दैछ ।  प्रतिनिधि सभाको कार्यसूची अनुसार आजको बैठकमा दुईवटा विधेयक निर्णयार्थ पेश गरिने छ । 

    images

    आज निर्णयार्थ पेश गरिने विधेयकमा राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको कारागार विधेयक–२०७६ र नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ रहेको छ । 

    गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस् भनी प्रस्ताव पेश गर्नेछन् । 

    आजको बैठकमा नै प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पति भएको ‘नेपाल विशेष सेवा विधेयक, २०७६’ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । 

  • सम्बन्धित विषय:

  • # प्रतिनिधि सभा

  • तेस्रो आँखा