• ट्रेण्डिङ्ग :
सामूहिक बलात्कार आरोपमा एक व्यवसायी पक्राउ

सामूहिक बलात्कार आरोपमा एक व्यवसायी पक्राउ


  • 6.7K
    SHARES
    • श्रावण ६, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    सामूहिक बलात्कार आरोपमा एक व्यवसायी पक्राउ

    काठमाडौं, ६ साउन। सामूहिक बलात्कारको घटनामा संलग्नको आरोपमा नुवाकोटका व्यवसायी मधुसुदन पाण्डे  पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई जबर्जस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धानका लागि पक्राउ गरेको प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए । पाण्डेको मनमैजुमा लोटस क्लब सञ्चालित छ ।

    images

    उनका अनुसार पीडितले काठमाडौंमा जाहेरी दिएपनि घटनास्थल पोखरा भएकाले घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय कास्कीले गरिरहेको छ । ‘यसमा पक्राउ गरेर अनुसन्धान थालिएको पनि २० दिन जति भइसक्यो’  प्रहरी निरीक्षक पाण्डेले भने । प्रहरीका अनुसार २२ असारमा पोखराको लेकसाइडस्थित एक होटलमा पाण्डे र राजु राउत नामका व्यक्तिले एक युवतीलाई बलात्कार गरेको अभियोग छ ।

    इञ्जिनियर समेत रहेका राउत फरार छन्, उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा मतियारका रुपमा अन्य पनि संलग्न भएका छन् । प्रहरीका अनुसार सामाजिक सञ्जालमार्फत चिनजान भएकी युवतीलाई राउतले काठमाडौंमा भेट्न बोलाएका थिए । त्यसक्रममा घुम्न भन्दै पोखरा गएका बेला आफूमाथि बलात्कार भएको पीडितले जाहेरीमा उल्लेख गरेकी छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप