काठमाडौं, ६ साउन। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आगामी निर्वाचनबाट देशको नेतृत्व नेकपा (माओवादी केन्द्र) ले गर्ने दाबी गरेका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पार्टी समायोजनरध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष दाहालले आगामी संघ र प्रदेशको निर्वाचनमा आउने चुनावमा माओवादीलाई देशको बागडोरको जिम्मा लिनबाट कसैले रोक्न नसक्ने बताए।
उनले नेकपा माओवादीमा पुनः एकपटक पुनस्र्थापित हुने दाबी गर्दै माओवादी पार्टी पुनः स्थापित हुन नसके संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन नसक्ने बताए। अध्यक्ष दाहालले पार्टीमा पछिल्लो समय प्रवेश गर्ने नेतारकार्यकर्ताको संख्या बढीरहेको भन्दै यसले नेकपा माओवादीलाई एकपटक पुनः सरकार सञ्चालनको जिम्मा दिने बेला आइरहेको बताए। अध्यक्ष दाहालले नेकपा माओवादी पार्टीकै जोडबलमा आज संघीय संसदबाट नागरिकताबारे निर्णय हुन लागेको बताए।
