अध्यक्ष शेर्पालाई प्रश्नः असारभित्र पूर्णता पाउँछ भनेको नेविसंघ कार्यसमितीलाई पूर्णता दिन किन नसकेको ? 

अध्यक्ष शेर्पालाई प्रश्नः असारभित्र पूर्णता पाउँछ भनेको नेविसंघ कार्यसमितीलाई पूर्णता दिन किन नसकेको ? 


  • 8.0K
    SHARES
    • श्रावण ७, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 12.4K Views

    अध्यक्ष शेर्पालाई प्रश्नः असारभित्र पूर्णता पाउँछ भनेको नेविसंघ कार्यसमितीलाई पूर्णता दिन किन नसकेको ? 

    काठमाडौं, ७ साउन। नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले असारको पहिलो साता तेस्रो आँखासँग नेविसंघ कार्यसमितीलाई असारभित्रै पूर्णता दिइने बताएका थिए । असारको आठ गते अध्यक्ष शेर्पाले भनेका थिए: ‘नेविसंघको कार्यसमितीलाई पूर्णता दिने तयारी स्वरुप कार्यहरु भैरहेको छ । कार्यसमितीले यहि महिनाभित्र पूर्णता पाउँछ ।’ तर साउनको पहिलो साता सकिदा पनि नेविसंघ कार्यसमितीले पूर्णता पाउने छाँटकाँट देखिएको छैन ।

    images

    सो समयमा उनले स्थानीय तहको निर्वाचन लगायतका कारणले कार्यसमितीलाई पूर्णता दिन समय लागेको भएपनि असारभित्र कार्यसमितीले पूर्णता पाउने बताएका थिए । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले २०७८ चैत्र ९ गते नेविसघंको अध्यक्षमा दुजाङ शेर्पालाई र तरुनदलको अध्यक्षमा विद्धान गुरुङलाई चयन गरेका थिए । तर नेतृत्व पाएको चार महिनासम्म पनि संघको कार्यसमितीले पूर्णता पाउन सकेको छैन ।

    अध्यक्ष शेर्पाले आफूले असार भित्र कार्यसमितिले पूर्णता पाउने बताएको भएपनि विविध कारणले त्यो सम्भव नभएको बताएका छन् । तेस्रो आँखासँग कुरा गर्दै अध्यक्ष शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय समितिले सबै जनबर्गिय संगठनहरुलाई पूर्णता दिने निर्णय गरेको भन्दै यो साउन भित्र भने पूर्णता पाउने कुरामा ढुक्क हुन भने । पार्टीले नै निर्णय गरेको हुनाले साउनभित्रै संगठनले पूर्णता पाउने कुरामा कुनै शंका नभएको उनको भनाइ छ । नेविसंघ मात्र नभएर यो साउनभित्र धेरै संगठनहरुले पूर्णता पाउने उनले बताए । 

     

     

  • सम्बन्धित विषय:

  • # नेविसंघ

  • पदम भुजेल
    लेखकबाट थप