प्रधानमन्त्री देउवा र शिक्षामन्त्री पौडेलबीच भेटवार्ता: संघिय शिक्षा ऐनलाई अघि बढाउनेबारे छलफल

प्रधानमन्त्री देउवा र शिक्षामन्त्री पौडेलबीच भेटवार्ता: संघिय शिक्षा ऐनलाई अघि बढाउनेबारे छलफल


  • 8.3K
    SHARES
    • श्रावण ७, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 12.7K Views

    प्रधानमन्त्री देउवा र शिक्षामन्त्री पौडेलबीच भेटवार्ता: संघिय शिक्षा ऐनलाई अघि बढाउनेबारे छलफल

    काठमाडौं, ७ साउन। संघीय शिक्षा ऐन छिट्टै संसदमा पेश हुने गरी छलफल अघि बढेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलसहित सरोकारवालालाई संघिय शिक्षा ऐनलाई अघि बढाउने सन्दर्भमा छलफल बोलाउने भएका छन्।

    images

    प्रधानमन्त्री देउवा र शिक्षा पौडेलबीच शनिबार बालुवाटारमा संघीय शिक्षा ऐनका सन्दर्भमा छलफल भएको छ। प्रधानमन्त्रीसँगको भेटमा संघीय शिक्षा ऐन, विश्वविद्यालयमा हुने तालाबन्दी, शिक्षक दरबन्दीलगायतको विषयमा गम्भीर छलफल भएको शिक्षामन्त्री पौडेलले जानकारी दिए।

    शिक्षामन्त्री पौडेलले संघिय शिक्षा ऐन अर्थ र कानुन मन्त्रालयमा अल्झेको हुँदा तत्काल अगाडि बढाउन प्रधानमन्त्री देउवालाई अनुरोध गरेका थिए। प्रधानमन्त्री देउवाले संघीय शिक्षा ऐन ल्याउन आवश्यक सहयोग गर्ने र छिट्टै संसदमा टेबल हुने प्रतिबद्धता व्यक्त गरे। 

  • सम्बन्धित विषय:

  • # शेर बहादुर देउवा

  • तेस्रो आँखा
    लेखकबाट थप