काठमाडौं, ७ साउन। राप्रपाले पूर्ण समानुपातिक संसद र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने प्रस्ताव अघि सारेको छ।
राप्रपाले केन्द्रीय कमिटीको निर्णय सार्वजनिक गर्दै पूर्ण समानुपातिक संसद र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री आफ्नो कार्यनीति रहेको बताएको हो। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एसपीपी फिर्ता पठाउने निर्णय कार्यान्वयन हुनुपर्ने बताए।
उनले भने, ’अभिभावकत्वको रुपमा राजा रहने गरी संबैधानीक राजतन्त्र हाम्रो माग हो। प्रदेशको संरचना खारेजी गर्नुपर्छ। यी मुद्दालाई राप्रपाले आफ्नो कार्यनीति बनाउनेछ।’
गठबन्धनको सरकार राज्यसंचालनमा पूर्णतः असफल भएको बताए। विद्यमान दुष्चक्रबाट नेपाललाई उन्मुक्त गराउनु अहिलेको आवश्यकता रहेको बताए। उनले भने, ’महाभियोगको स्वइच्छाचारी प्रयोग भयो। देशमा स्थीरता कायम गर्न संविधानभित्र परिवर्तन हुन जरुरी छ।’
