गठबन्धन दलबाट पाउनुपर्ने सहयोग र महत्व नपाएको माधव नेपालको गुनासो

गठबन्धन दलबाट पाउनुपर्ने सहयोग र महत्व नपाएको माधव नेपालको गुनासो


  • 6.9K
    SHARES
    • श्रावण ७, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    गठबन्धन दलबाट पाउनुपर्ने सहयोग र महत्व नपाएको माधव नेपालको गुनासो

    काठमाडौं, ७ साउन। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन दलबाट जति सहयोग र महत्व पाउनुपर्ने थियो त्यो नपाएको गुनासो गरेका छन् । 

    images

    पार्टी निकट नेपाल तामाङ संघ समाजवादीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उलने यस्तो गुनासो गरेका हुन् । ‘हामीले गठबन्धन दलबाट जति सहयोग पाउनुपर्ने हो, जति महत्व पाउनुपर्थ्यो, त्यो पाउन सकेनौं। तर पनि चिन्ता गर्नुपर्ने कुरा के छैन भने हामीले उठाएका उम्मेदवार जम्मा करिब २८ प्रतिशत थिए। तर हामीले भोट कति ल्यायौ थाहा छ ? नौ लाख २७ हजार,’ उनले भने, ‘सबै ठाउँमा हामीले उम्मेदवार खडा गरेको भए २० देखि २५ लाख भोट पाउथ्यौं होला। २० देखि २५ लाख भोट पाएपछि २० देखि २५ सिट त हामीलाई कसैले पनि रोक्न सक्दैन नि समानुपातिकबाट। भनेपछि हाम्रो पार्टी कमजोर छैन।’ 

    आगामी मंसीर पहिलो साता आम निर्वाचनको घोषणा हुने भन्दै अध्यक्ष नेपालले अब गठबन्धनको डम्फूमात्रै बजाएर बस्न नसकिने बताए । उनले गठबन्धनको डम्फू बजाउने काम छोडेर पार्टीको संगठन सदृढीकरणको काममा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए। ‘अहिले तपाईहरूलाई थाहा छ-हामीले स्थानीय तह निर्वाचनमा भाग लियौं। अब मंसीर महिनामा चुनाव आउँदैछ। सम्भवत मंसीर महिनाको पहिलो हप्तामा चुनावको घोषणा हुनेछ,’ उनले भने, ‘अब कति दिन हामीले गठबन्धनको डम्फू बजाएर बस्ने ? अब डम्फू बजाउने होइन। अब यो पार्टीलाई बलियो बनाउने डम्फु बजाउने। यो पार्टीलाई सुदृढ बनाउने कुरा गर्ने हो।’

    उनले आगामी आम निर्वाचनमा २० देखि २५ सिट ल्याउने दावी समेत गरे।  स्थानीय तह निर्वाचनमा २८ प्रतिशत उम्मेदवारी दिँदा नौं लाख २७ हजार भोट पाएको उल्लेख गर्दै अध्यक्ष नेपालले सबै ठाउँमा उम्मेदवारी दिएर आगामी आम निर्वाचनमा जाँदा समानुपातिकसहित प्रतिनिधिसभामा आफ्नो पार्टीले २० देखि २५ सिट ल्याउने दाबी गरेका हुन्। उनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ आफ्नो पार्टीले आगामी निर्वाचनमा कम्तीमा १२ सिट जित्ने उल्लेख गरे।