प्रचण्ड र माधवले देउवाको बाटोमा हिँडेर एमाले नेतृत्वमाथि आक्रमण गरिरहेका छन्: महासचिव पोखरेल

प्रचण्ड र माधवले देउवाको बाटोमा हिँडेर एमाले नेतृत्वमाथि आक्रमण गरिरहेका छन्: महासचिव पोखरेल


  • 8.4K
    SHARES
    • श्रावण ७, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 12.9K Views

    प्रचण्ड र माधवले देउवाको बाटोमा हिँडेर एमाले नेतृत्वमाथि आक्रमण गरिरहेका छन्: महासचिव पोखरेल

    सुर्खेत, ७ साउन। नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रचण्ड र माधव नेपालले देउवाको बाटोमा हिँडेर एमालेको नेतृत्वमाथि आक्रमण गरिरहेको बताएका छन् । 

    images

    सुर्खेतको वीरेन्द्रनगरमा शनिबार एमालेले आयोजना गरेको कार्यक्रममा उनले प्रचण्ड र माधव नेपालले देउवाको बाटोमा हिँडेर एमालेको नेतृत्वमाथि आक्रमण गरिरहेको बताएका हुन् । ‘गठबन्धन नामको निश्चित स्वार्थ समूहको झुण्ड छ । यसको एकमात्र उद्देश्य भनेको नेकपा एमालेलाई रोक्नेमात्रै हो’ पोखरेलले भने ।

    महासचिव पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनमा गद्दारी गरेको आरोप लगाए । उनले माओवादी र एकीकृत समाजवादीका नेताहरुलाई एमालेमा फर्किन र बलियो कम्युनिष्ट आन्दोलन निर्माण गर्न आवश्यक रहेको बताएका छन् । ‘अहिले माओवादी र एकीकृत समाजवादीमा रहेका साथीहरु प्रचण्ड, माधवको नेतृत्वमा होइन, कमरेड ओलीको नेतृत्वमा आउनुहोस्’ उनले भने ।

    नेपालको राजनीति दुईवटा ध्रुवमा विभाजित भएको समेत पोखरेलले बताए । एउटा केपी ओलीले अघि सारेको बाटो र अर्को शेरबहादुर देउवाले अघि सारेको बाटौ नै नेपाली राजनीतिको बाटो भएको उनको तर्क छ । ‘त्यो भित्रपनि जनताको बहुदलीय जनवादको बाटो नै उपयुक्त हो । प्रचण्ड–माधव त देउवाकै बाटोमा हुनुहुन्छ । उहाँहरुको बाटो छैन’ पोखरेलले भने ।

    पोखरेलले आफ्नो पार्टीले नेतृत्व गर्न नपाउँदा कर्णाली प्रदेश सरकार कमजोर भएको टिप्पणी गरे । ‘एमालेले कर्णाली सरकारको नेतृत्व गरेको भए यहाँको रूपरंग फेरिन्थ्यो । जनताले संघीयताको फाइदा लिन सक्थे । अब एमालेले नेतृत्व लिएर समृद्ध कर्णाली निर्माणमा लाग्नुपर्छ’, उनले भने ।

     

  • सम्बन्धित विषय:

  • # एमाले
  • # शंकर पोखरेल

  • तेस्रो आँखा
    लेखकबाट थप