हेटौँडा, ८ साउन। प्रेस युनियनको हेटौंडामा जारी ९ औ महाधिवेशनमा लेखा समितीको मतदगणना सकिएको छ । सतिीमा पदमराज जोशी विजयी भएका छन् ।
उनले ७१६ मत ल्याएर विजयी भएका छन् भने उनको प्रतिसपर्धि कालिका महतले ६१५ प्राप्त गरेकी छन् । त्यस्तै सदस्यहरुमा घनश्याम पौडेल ८७४, सदस्य गिरिराज पोख्रेल ७५७, दिपकराज जोशी ६०० र टेकेन्द्र बस्यालले २२६ भत ल्याएर विजयी भएका छन् ।
जारी महाधिवेशनमा पदाधिकारीको मतगणना पनि जारी रहेको र केही समयमा परिणम आउने बताइएको छ । पदाधिकारीको मत परिणाम आए पछि मात्र सदस्य त्यस पछि गणना हुने बताइएको छ ।
