भारतीय सेना प्रमुखसहित १३ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु

भारतीय सेना प्रमुखसहित १३ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु


  • 5.1K
    SHARES
    • मंसिर २२, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 7.9K Views

    भारतीय सेना प्रमुखसहित १३ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु

    एजेन्सी, २२ मंसिर । भारतीय सेनाका प्रमुख एवं पहिलो चिफ अफ डिफेन्स स्टाफ सीडीएस० बिपिन रावत र उनकी पत्नीसहित १३ जनाको हेलिकप्टर दुर्घटनामा परि निधन भएको छ । 

    images


    बुधबार भारतको तमिलनाडुमा एक हेलिकप्टर दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । भारतीय वायु सेनाले ट्विटरमा यसबारे जानकारी दिएको छ । 

    हेलिकप्टरमा सवार १४ जना मध्ये १३ जनाको दुर्घटनामा मृत्यु भएको हो । ग्रुप क्याप्टेन वरुण सिंह दुर्घटनामा घाइते भएका छन् । 

    उनको उपचार भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सेना प्रमुख रावतको निधनमा गहिरो दुस्ख व्यक्त गरेका छन् । 


  • सम्बन्धित विषय:

  • # नरेन्द्र माेदी
  • # भारतीय प्रधानमन्त्री

  • तेस्रो आँखा