• ट्रेण्डिङ्ग :
अन्तर्राष्ट्रिय उडान गर्ने सबै वायुसेवालाई यात्रु बिमा अनिवार्य गर्न सर्कुलर

अन्तर्राष्ट्रिय उडान गर्ने सबै वायुसेवालाई यात्रु बिमा अनिवार्य गर्न सर्कुलर


  • 9.2K
    SHARES
    • मंसिर २२, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 14.1K Views

    अन्तर्राष्ट्रिय उडान गर्ने सबै वायुसेवालाई यात्रु बिमा अनिवार्य गर्न सर्कुलर

    काठमाडौं, २२ मंसिर । कोरोनाको ओमिक्रोन भेरियन्टबाट हुन सक्ने संक्रमण नियन्त्रण गर्न नागरिक उड्डयन प्राधिकरणले नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने सबै वायुसेवालाई यात्रु बिमा अनिवार्य गर्न सर्कुलर जारी गरेको छ ।

    images

    प्राधिकरणको उडान अनुमति शाखाका उपप्रबन्धक ज्ञानेन्द्र भुलका अनुसार अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली तथा विदेशी वायुसेवाले ७ दिनभित्र यात्रुहरुको प्रति व्यक्ति ५ हजार डलर (६ लाख रुपैयाँ बराबर) को यात्रा बिमा गर्न सर्कुलर जारी गरेको हो ।

    नेपालमा अन्तर्राष्ट्रिय उडान गर्न दुई नेपाली र १८ विदेशीसहित २० वायुसेवाले अनुमति लिएका छन् । यीनलाई प्राधिकरणले नेपालकै कम्पनीबाट यात्रुको कोभिड बिमा गर्नुपर्ने भनेको छ ।

    यो बिमाले यदि कुनै उडानमा नेपाल आएका वा जाँदै गरेका यात्रुमा कोभिड देखिएमा १४ दिनको होटल क्वारेन्टाइन तथा अस्पताल भर्ना हुनुपर्ने अवस्था आइपरेमा उपचार खर्च पनि ब्यहोर्ने छ ।

    केही विदेशी वायुसेवाले यो नियम अनिवार्य गरिसकेका छन् । यात्रुले टिकट किन्दा फेयर, फ्युल सरचार्ज, एयरपोर्ट ट्याक्स जस्तै बिमाबापत केही शुल्क पनि तिर्नुपर्ने हुन्छ । 

  • सम्बन्धित विषय:

  • # अन्तर्राष्ट्रिय उडान

  • तेस्रो आँखा