शेर्पा र पुलिसले अंक बाडे

शेर्पा र पुलिसले अंक बाडे


  • 6.2K
    SHARES
    • मंसिर २२, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    शेर्पा र पुलिसले अंक बाडे

    काठमाडौं, २२ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार हिमालयन शेर्पा र पुलिसले १–१ गोलको बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा हिमालयन शेर्पाले बनाएको एक गोलको अग्रता उल्टाएर पुलिसले बराबरी खेलेको हो । 

    images

    खेलको ५३ सेकेण्डमा कप्तान विश्वास श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पालाई सुरुआती अग्रता दिलाएका थिए । सुमन लामाले गोल गर्दै पुलिसलाई १–१ गोलको बराबरीमा फर्काए । रबि पासवानको क्रसमा सिक्स यार्ड बक्सन अनमार्क रहेका सुमनले सहजै गोल गरे । यस बराबरीसँगै पुलिसले ३ खेलमा ५ अंक जोडेको छ । 

    पुलिस पाँचौ स्थानमा उक्लिएको छ । हिमालयन शेर्पाले ३ खेलमा २ अंक जोडेको छ । शेर्पा लिगको १२ औं स्थानमा रहेको छ । खेलको म्यान अफ दि म्याच हिमालयन शेर्पाका जीवन गुरुङ  चुनिए । पुलिसका अन्जन राईले इमर्जिङ प्लेयर अवार्ड हात पारे ।

  • सम्बन्धित विषय:

  • # शेर्पा

  • तेस्रो आँखा