काठमाडाैं, ११ साउन । स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीले स्वास्थ्य अनुसन्धानका विषयगत क्षेत्रमा अनुसन्धान क्षमता बढाउने र नवीनतम ज्ञान प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यमा केन्द्रित हुनुपर्ने बताए ।
नेपाल स्वास्थ्य अनुसन्धान परीषद्ले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘पछिल्ला वर्षहरूमा स्वास्थ्य अनुसन्धानको संस्कृति बढ्दै गएको छ । परिषद्ले स्वास्थ्य अनुसन्धानका विभिन्न विषयगत क्षेत्रमा अनुसन्धान क्षमता बढाउने र अनुसन्धान संस्कृतिको प्रवद्र्धन तथा नवीनतम ज्ञान र प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यमा पनि केन्द्रित हुनुपर्ने देखिन्छ ।’
परीषद्लाई संघिय संरचना बमोजिम सञ्चालन गर्नुपर्ने बताए। परिषद् अध्कार्यक्रममा परीषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले परीषद्ले हालसम्म गरेका गतिविधि र परिषद्को संरचना बारे जानकारी दिएका थिए ।
