ओखलढुंगा, १५ साउन । ओखलढुंगाको दुर्गम गाउमा चालु शैक्षिक सत्र २०७९(०८० देखि ३ बर्षे कम्प्युटर डिप्लोमा कक्षाको पढाई शुरु हुने भएको छ ।
जिल्लाको सुनकोशी गाउपालिका वडा न. ५ मा रहेका चौतारा माध्यामिक विद्यालय डाँडाखर्कले प्राविधिक शिक्षा तथा व्यासायिक तालिम परिषद सानोठीमी भक्तपुरबाट संवन्धनरस्वीकृति लिई कक्षा सञ्चालन शुरुवात गर्न लागेको हो ।
विद्यालयले प्रदेश नं. १ का सोलुखुम्बु, ओखलढुंगा, खोटाङ भोजपुर लगायतका पुर्वीपहाडी जिल्लाको पहिलो पटक कम्प्युटर इन्जिनियारीङ विषयको पठान पाठन सुरु गरेकाे विद्यालाय व्यवस्थापन समीतीका अध्यक्षा दिर्गबहादुर खत्रीले जानकारी दिए ।
२०४५ सालमा कक्षा १ बाट शुरु भएको यस विद्यालयमा साधारण तर्फ माध्यामिक तहको १२ कक्षा सम्म गुणस्तरिय पठान पाठन हुँदै आएको थियो । स्थानिय अभिभावकहरुको सकृयता विद्यालय व्यवस्थापन समिति समन्वयबाट समुदायस्तरबाट करिब ३५ लाखको चन्दा संकलन गरी विद्यालयमा प्राविधिक शिक्षा प्रदान गर्न आवश्यक पुर्वधार तयार र आवश्यक योग्य जनशक्तिको व्यवस्थापन गरेर प्राविधिक शिक्षा दिने उद्देश्यले ३ बर्षे कम्प्युटर डिप्लोमा तहको कक्षा सञ्चालनको तयारी गरेको समितिका अध्यक्ष खत्रीकाे भनाइ छ ।
विद्यालयले पुर्ण शुल्क र बर्गिकृत निशुल्क छात्रावृति सुविधामा बार्षिक ४८ जना विद्यार्थी भर्ना गर्ने विद्यालयका प्रधानध्यापक कमल बहादुर कट्वालले जानकारी दिए । विद्यालय सञ्चालनका लागि नेपाली, अंग्रेजी, विज्ञान र कम्प्युटर विषयका ४ जना संबन्धित विषयमा स्नोकत्तोर गरेका विषेशज्ञ शिक्षकको व्यवस्था गरि सकिएको छ ।
गुणस्तरिय शिक्षा प्रदान गर्ने प्रतिबद्धताबाट पछि नहट्ने र विद्यालयले पछिल्लो ३ बर्ष यता गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालय मध्ये अव्वल सामुदायिक विद्यालयका रुपमा स्थापित भई रहेकोले त्यसको निरन्तरताको लागि कुनै कसर बाँकी नराखी युद्धस्तरमा काम भई रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खत्रीले दाबी गरेका छन् ।
