अमेरिकामा वासिङ मेसिनमा परेर सात वर्षीय बालकको मृत्यु

अमेरिकामा वासिङ मेसिनमा परेर सात वर्षीय बालकको मृत्यु


  • 5.6K
    SHARES
    • श्रावण १६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.6K Views

    अमेरिकामा वासिङ मेसिनमा परेर सात वर्षीय बालकको मृत्यु

    न्युयोर्क, १६ साउन। संयुक्त राज्य अमेरिकामा एक सात वर्षीय बालक वासिङ मेसिनभित्र मृत फेला परेका छन् । बिहीबार बेपत्ता भएको जानकारी दिएको केही घण्टापछि उनी मृत फेला परेका हुन् । फक्स न्यूजका अनुसार, टेक्सासका ट्रोय खोएलरको रूपमा चिनिने केटालाई पहिलो पटक स्थानीय समयअनुसार बिहीबार बिहान हराएकाे बताइएकाे छ ।

    images

    उक्त समयमा उनका बुबा घरमा थिए भने आमा अस्पतालको रात्रि सिफ्टबाट फर्किएकी थिइन् । पुलिस आइपुग्दा सम्म उनी आफ्नो अस्पतालकै पोसाकमा थिइन् ।

    प्रहरीका अनुसार ट्रोयलाई २०१९ मा एडोप्ट गरिएको थियो । प्रहरीले यसबारे अझै घटनाको अनुसन्धान गरिरहेको छ । उक्त घटनाका दोषीलाई अहिलेसम्म पक्राउ गरिएको छैन् ।

    ग्यारेजमा राखिएको मेसिनमा सात वर्षीय बालक फेला परेको थिए । घटनाबारे प्रहरीले आपराधिक अनुसन्धान सुरु गरेको छ ।

  • सम्बन्धित विषय:

  • # अमेरिका

  • तेस्रो आँखा
    लेखकबाट थप