• ट्रेण्डिङ्ग :
सुनको मूल्य घट्याे

सुनको मूल्य घट्याे


  • 5.4K
    SHARES
    • श्रावण १६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.2K Views

    सुनको मूल्य घट्याे

    काठमाडौं, १६ साउन। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो।

    images

    मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ९०० रुपैयाँ छ। हिजो आइतबार छापावाल सुनको मूल्य ९५ हजार ८०० र तेजाबी सुनको मूल्य ९५ हजार ३०० रुपैयाँ थियो।

    त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १२ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। हिजाे आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय ३० रुपैयाँ थियो।