‘एक पटक यसै पटक’ भन्दै शेखर कोइरालाले सभापतिका लागि सुरु गरे प्रचार

‘एक पटक यसै पटक’ भन्दै शेखर कोइरालाले सभापतिका लागि सुरु गरे प्रचार


  • 5.9K
    SHARES
    • मंसिर २३, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    ‘एक पटक यसै पटक’ भन्दै शेखर कोइरालाले सभापतिका लागि सुरु गरे प्रचार

    तेस्राे आँखा डेस्क ।

    images

    काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले १४औं महाधिवेशनमा सभापतिका लागि प्रचार सुर गरेका छन् । संस्थापन इतर समूहमा सभापतिको साझा उम्मेदवार तय गर्न सकस भइरहेका बेला कोइराला बिहीबार अपराह्नदेखि सामाजिक सञ्जालमा ‘एक पटक यसै पटक’ भन्दै प्रचार अभियान सुरू गरेका हुन् ।

    संस्थापन इतर समूहमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शेखर सभापतिका आकांक्षी छन् । मंगलबारदेखि साझा उम्मेदवार तय गर्ने विषयमा इतर पक्ष छलफलमा जुटेको जुट्यै छ । बिहीबारसम्म पनि सहमतिका लागि छलफल भएको थियो । तर, कुनै निकास निस्कन सकेको छैन ।

    प्रकाशमान र शेखरबीच सहमति हुन नसक्दा नेता पौडेल चिन्तित बनेका छन् । तीनै जना आजको केन्द्रीय समिति बैठकमा समेत उपस्थित भएनन् । प्रकाशमानले आफूले सभापतिमा दाबेदारी नछाडेको बताएपछि शेखरले पनि सभापतिको उम्मेदवारी दिने भएका छन् ।

    shekhar koirala.JPG

  • सम्बन्धित विषय:

  • # कांग्रेस महाधिवेशन
  • # शेखर काेइराला

  • तेस्रो आँखा