• ट्रेण्डिङ्ग :
भारतमा ९ जनामा मंकीपक्स संक्रमण

भारतमा ९ जनामा मंकीपक्स संक्रमण


  • 6.6K
    SHARES
    • श्रावण १९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    भारतमा ९ जनामा मंकीपक्स संक्रमण
    नयाँ दिल्ली, १९ साउन । नयाँ दिल्लीमा अर्का विदेशी नागरिकमा पनि मंकीपक्स संक्रमण देखिएको छ । योसँगै राजधानी नयाँ दिल्लीमा चार जना विदेशी नागरिकमा मंकीपकस संक्रमण देखिएको छ । पछिल्लो पटक फेला परेकी बिरामी ३१ वर्षीया महिला हुन् । 

    उनी भर्खरै विदेश यात्रा गरेकी हुन् वा होइनन् भन्ने खुल्न सकेको छैन । भारतमा अहिलेसम्म ९ जना मंकीपक्सका संक्रमित देखिएका छन् । सबै जना केरला र दिल्लीका हुन् । 

    images

    ती महिलालाई ज्वरो र छालामा समस्या देखिएको छ । उनको लोक नायक जय प्रकाश अस्पतालमा उपचार भइरहेको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ ।

    विश्व स्वास्थ्य संगठनले मंकीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।  एजेन्सी 

  • सम्बन्धित विषय:

  • # मंकीपक्स संक्रमण

  • तेस्रो आँखा