वुटवल,२३ मंसिर । वुटवल उपमहानगरपालिका–५ स्थित हरियाली होटल एण्ड लजमा प्रहरीले गैंडाको खाग जस्तो देखिने बस्तु सहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले ४ ईन्च गोलाई र ४ ईन्च लम्बाई रहेको खाग सहित अर्घाखाँची छत्रकोट गाउँपालिका–७ सूर्यथुम बस्ने ४८ वर्षीय नर बहादुर सुनार, ५८ वर्षीय पदम सुनार र सोही गाउँपालिका–५ रानीचाप बस्ने २८ वर्षीय सुमन न्यौपानलाई पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
