परिस्थितिका कारण मात्रै राजनीति छाड्न सकेको छैन: माधव नेपाल

परिस्थितिका कारण मात्रै राजनीति छाड्न सकेको छैन: माधव नेपाल


  • 5.5K
    SHARES
    • श्रावण १९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 8.4K Views

    परिस्थितिका कारण मात्रै राजनीति छाड्न सकेको छैन: माधव नेपाल

    काठमाडौं, १९ साउन। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजनीति छाड्ने संकेत गरेका छन्। उनले परिस्थितिका कारण मात्रै राजनीति छाड्न नसकेको स्पष्ट पारे।

    images

    ’कहिलेकाहीँ त राजनीति छाडौं कि भन्ने लाग्छ। तर परिस्थितिले छाड्न दिएको छैन,’ राजधानीमा आयोजित किताब विमोचन कार्यक्रममा उनले भने। 

    अध्यक्ष नेपालले मंसिर ४ गते हुने निर्वाचनमा पनि आफू उम्मेदवार बन्नैपर्ने भएको बताए। नउठे डरायो कि भन्ने बुझाइ हुनसक्ने उनको भनाइ छ। ’मंसिर ४ गते हुने चुनावमा नउठ्ने कुरा पनि भएन। डराएछ कि क्या हो माधव नेपाल भन्ने हुनसक्छ,’ उनले भने।

    उनले आगामी निर्वाचनमा जित्नैपर्ने बताए। उनले विजयको शंख बजाएर जनताका बीच आउनुपर्ने बताए।

  • सम्बन्धित विषय:

  • # माधव नेपाल

  • तेस्रो आँखा
    लेखकबाट थप