मदन पुरस्कारद्वारा श्रेष्ठ ८ पुस्तकको सूची सार्वजनिक

मदन पुरस्कारद्वारा श्रेष्ठ ८ पुस्तकको सूची सार्वजनिक


  • 10.1K
    SHARES
    • श्रावण २३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 15.6K Views

    मदन पुरस्कारद्वारा श्रेष्ठ ८ पुस्तकको सूची सार्वजनिक

    काठमाडौं, २३ साउन। मदन पुरस्कार गुठीले ’मदन पुरस्कार २०७८’ का लागि प्राप्त भएका २९९ पुस्तकमध्ये श्रेष्ठ ८ पुस्तकको सूची सार्वजनिक गरेको छ ।

    images

    पुरस्कारका लागि प्राप्त पुस्तकहरूमध्येबाट बढीमा १० पुस्तकहरूको श्रेष्ठ सूची तयार गर्न गठन भएको समितिले मदन पुरस्कार गुठीलाई ८ पुस्तकको नाम उपलब्ध गराएको हो ।

    छनोटमा परेका यी पुस्तकहरूमध्ये एक पुस्तकलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा वर्ष २०७८ को मदन पुरस्कार दिइने गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिएका छन् ।

    छनोटमा परेका ८ पुस्तक:
    अग्नि– डा. नवराज लम्साल
    ग्रीष्मको नीलो बतास– डा. दामोदर पुडासैनी ’किशोर’
    महाभारा– बसन्त बस्नेत
    यादको सन्दुक– दिपा मेवाहाङ राई
    लिच्छवि लिपि– डा. नयनाथ पौडेल
    व्युत्पत्तिमूलक संस्कृत– नेपाली शब्दकोश –प्रा. नीलमणि ढुङ्गाना
    सती: इतिहास र मीमांसा– सुजित मैनाली
    हिति प्रणाली– पद्मसुन्दर जोशी


    तेस्रो आँखा
    लेखकबाट थप