महाेत्तरीमा करार शिक्षकको आन्दोलन चर्कदै गर्दा पदपूर्तिका लागि विज्ञापन

महाेत्तरीमा करार शिक्षकको आन्दोलन चर्कदै गर्दा पदपूर्तिका लागि विज्ञापन


  • 4.8K
    SHARES
    • श्रावण २४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 7.4K Views

    महाेत्तरीमा करार शिक्षकको आन्दोलन चर्कदै गर्दा पदपूर्तिका लागि विज्ञापन

    महोत्तरी । महोत्तरीकाे बर्दिबास नगरपालिकाले करार शिक्षक पदमुक्त गरेपछि आन्दोलन चर्किदै गएको छ ।  नगरले करारमा कार्यरत ६२ जना शिक्षकलाई पदमुक्त गरेपछि शिक्षकहरु आन्दाेनमा उत्रेका हुन् । 

    images

    आन्दाेलनरत शिक्षकहरुले मेयर प्रल्हाद क्षेत्रीलाई ज्ञापनपत्र बुझाउनुका साथै चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । नगरपालिकामा रहेका राजनीतिक दलहरुले पनि करार शिक्षकलाई हटाउन नहुने धारणा सार्वजनिक गरेका छन् ।

    सोमबार बसेको सर्बदलीय बैठकले करारका शिक्षकलाई पुनर्वाहली फर्काउन माग गरिएको माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खडकाले जानकारी दिए । तर, नगरपालिकाले भने ७८ जनाशिक्षक पदपूर्तिका लागि विज्ञापन निकालेको छ ।

    माध्यमिक तहका लागि ३८, निम्न माध्यमिक तहका लागि १९, प्राथमिक तहका लागि चार र कम्प्युटर सहायक सिक्षक १० जना गरी ७८ जनाका लागि बुधबार दरखास्त आह्वान गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # करार शिक्षकको आन्दोलन

  • तेस्रो आँखा