• ट्रेण्डिङ्ग :
स्वास्थ्य राज्यमन्त्री र विश्वस्वास्थ्य संगठन नेपालका प्रमुखविच भेटवार्ता

स्वास्थ्य राज्यमन्त्री र विश्वस्वास्थ्य संगठन नेपालका प्रमुखविच भेटवार्ता


  • 7.2K
    SHARES
    • श्रावण २५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 11.1K Views

    स्वास्थ्य राज्यमन्त्री र विश्वस्वास्थ्य संगठन नेपालका प्रमुखविच भेटवार्ता

    काठमाडौं, २५ साउन। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसी र विश्वस्वास्थ्य संगठन नेपालका प्रमुख डा. राजेश संभाजीराव पाण्डवबीच स्वास्थ्य मन्त्रालयमा भेटवार्ता भएको छ । सो क्रममा स्वास्थ्य राज्यमन्त्री केसीले नेपालको स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठनले पु¥याएको योगदान उल्लेखनीय रहेको बताए । 

    images

    उनले भने, ‘विश्व स्वास्थ्य संगठनले कोरोना महामारी रोकथाम, खोप लगायतमा अग्रणी भूमिका निर्वाह गरेको छ । यसप्रति म विश्व स्वास्थ्य संगठनलाई आभार प्रकट गर्न चाहन्छु । आगामी दिनमा पनि सहयोग प्राप्त हुनेनैछ भन्नेमा विश्वस्त छु ।’ उनले पश्चिम नेपालमा कुपोषण प्रमुख समस्या रहेको भन्दै यस विषयमा पनि पहल गर्न विश्व स्वास्थ्य संगठनलाई आग्रह गरे । 

    पाण्डवले नेपालको स्वास्थ्य क्षेत्रमा आफूहरुले सदैव कटिवद्ध भइरहेको लागिरहेको बताए । उनले भने, ‘कोरोना रोकथाम, नेपालका प्रमुख रोगहरुको रोकथाममा हामी स्वास्थ्य मन्त्रालयसंग समन्वय गरेर काम गरिरहेका छौं । नेपालको स्वास्थ्य क्षेत्रलाई सुदृढ गर्न के गर्न सकिन्छ, समन्वय गरेर अघि बढौं । ’ विश्वस्वास्थ्य संगठनको कन्ट्री कोअप्रेसनल स्ट्रयाटेजी अनुसार सहयोग गरिने बताए । सो क्रममा विश्व स्वास्थ्य संगठनका नेपालका डा।वीनोद गुप्ताको पनि उपस्थित रहेको थियो ।

    298422057_446751660707085_557999306681132012_n.jpg


    तेस्रो आँखा
    लेखकबाट थप