अब पाटन नगरपालिकाको निर्णय, महिला मात्रै उपभोक्ता समिति अध्यक्ष बन्न पाउने

अब पाटन नगरपालिकाको निर्णय, महिला मात्रै उपभोक्ता समिति अध्यक्ष बन्न पाउने


  • 6.2K
    SHARES
    • श्रावण २६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.5K Views

    अब पाटन नगरपालिकाको निर्णय, महिला मात्रै उपभोक्ता समिति अध्यक्ष बन्न पाउने

    बैतडी, २६ साउन । बैतडीको पाटन नगरपालिकाले नगरभित्र सञ्चालन हुने योजनाका उपभोक्ता समिति अध्यक्षमा महिला अनिवार्य हुनुपर्ने निर्णय गरेको छ । 

    images

    नगर कार्यपालिकाको बैठकले उपभोक्ता समितिको प्रमुख पदमा महिला अनिवार्य हुनुपर्ने निर्णय गरेको उपमेयर कमलसिंह बोहराले बताए । नगर कार्यपालिकाको पहिलो बैठकले उक्त निर्णय गरेको उनको भनाइ छ । 

    ‘योजनाको अधिकम लाभग्राही महिला नै हुन्छन् । खानेपानी, बाटो, बर्थिंग सेन्टर जे बनाए पनि त्यसको बढी प्रयोगकर्ता महिला नै हुन्छन् । त्यसैले निर्माणको जिम्मेवारी समेत उनीहरूलाई दिँदा काम भरपर्दो हुन्छ । यसका साथै महिला इमान्दरीताका साथ काम गर्छन्,’ उनले भने ।

    उपभोक्ता समिती गठनका क्रममा आफूहरू फिल्डमै उपस्थित भई महिलालाई अध्यक्ष बनाउन पहल गर्ने बोहराले बताए । 
    नगरपालिका भित्र संचालन गरिने हरेक आयोजनाको काम प्रभावकारी ढंगले सम्पन्न गर्न पहल गर्ने उनले बताए ।

    चैत मसान्त मसान्तभित्र सबै योजनाको काम सम्पन्न गरिसक्ने र काममा ढिलासुस्ती गर्ने उपझोक्ता समितिलाई भुक्तानी नदिने समेत उनले बताए ।
     

  • सम्बन्धित विषय:

  • # अध्यक्ष

  • तेस्रो आँखा