शिवजी खुसी पार्ने बेलका फाइदैफाइदा : प्रस्टसँग आँखा देख्न र कान सुन्न उपयोगी

शिवजी खुसी पार्ने बेलका फाइदैफाइदा : प्रस्टसँग आँखा देख्न र कान सुन्न उपयोगी


  • 10.1K
    SHARES
    • भाद्र १४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 15.5K Views

    शिवजी खुसी पार्ने बेलका फाइदैफाइदा : प्रस्टसँग आँखा देख्न र कान सुन्न उपयोगी

    काठमाडौं । हिन्दू धर्ममा बेलको रुखलाई भगवान शिवको प्रतिक मानिन्छ । सोमबारका दिन  नियमितरूपमा बेलको पातका साथ जलधारा दिए शिव कृपा भई अधुरा काम पूरा हुने र सुखसमृद्धि हुने धार्मिक विश्वास छ । अरु महिनाको भन्दा साउनको सोमबार बेलपत्र चढाउँदा धेरै नै धार्मिक महत्त्व छ । 

    images

    बेलपत्रको धार्मिक साथै वैज्ञानिक महत्व पनि छ । बेलको रुख घरको वरपर भए मानिसलाई शितलता प्रदान गरी स्वस्थ रहन मद्दत गर्ने आयुर्वेद विज्ञहरू बताउँछन् । यस्तै गर्मीको समयमा यसको फल अमृत समान मानिन्छ  । गर्मीमा बेल फलको रस निकै फाइदाजनक हुन्छ । वेलको फल अपच हुने, आँखाको ज्योति गुम्ने, पेटको कीरा र गर्मीको स्ट्रोक जस्ता समस्याहरूबाट बच्न निकै नै उपयोगी मानिन्छ । 

    यस्तै यस फलमा अल्कालोइड भनिने खनिज लवण प्रशस्त मात्रामा पाइने हुनाले स्वास्थ्यकर हुन्छ ।  बेलको फल र  पात,  यसको काँडाको सेवन पनि विभिन्न स्वास्थ्य समस्याबाट बच्न उपयोगी मानिन्छ । कसैलाई मलेरिया भए वा उच्च ज्वरो आएमा, मधुमेह भएमा बेलको पात वा बोक्रा पिसेर  खुवाउँदा आराम हुन्छ । 

    साना बालबालिकाको दाँत आउँदै गर्दा हुने पीडा हटाउन पनि बोक्रा तथा पातको रस बनाएर खुवाए दुखाइ कम हुन्छ । यस्तै आँखा दुखेको छ भने पातको रसलाई कपडाले मजाले छानेर आँखामा लगाउनाले दुखाइ कम हुने र आँखाको ज्योति बढाउन पनि मद्दत गर्छ । 

    यस्तै शरीर गनाउने र चिलाउने समस्या भए पात पिसेर पानीमा घोलेर नुहाउँनाले फाइदाजनक हुन्छ । यस्तै बेलको पात वा काँचो फलको रस गौमुत्र र नरिवलको तेलमा मिसाएर केही महिना वा दिन कानमा हाल्नाले बहिरोपनको समस्या हट्ने स्वास्थ्यविद्हरू बताउँछन् ।  

    यसैगरी कुनै पनि विषालु जीवले टोकेमा पात पिसेर रस लगाउनाले विष लाग्न पाउँदैन  । बेलको फल तथा पात मुटु रोगीका लागि रामबाण औषधी मानिन्छ । बेलपत्र पिसेर पिउनाले रक्तसञ्चार राम्ररी हुन्छ, मुटु बलियो हुन्छ र हृदयाघातको सम्भावना पनि हुँदैन । यस्तै श्वासप्रश्वासको समस्या समाधानमा पनि मद्दत पुग्छ । जराको धूलोमा हल्का  चिनी मिसाएर बिहान–बेलुका सेवन गरे पायल्सको समस्या हटेर जान्छ ।