दक्षिण कोरियामा एकै दिनमा ६२ हजार कोरोना सङ्क्रमित थपिए, स्थिति भयावह

दक्षिण कोरियामा एकै दिनमा ६२ हजार कोरोना सङ्क्रमित थपिए, स्थिति भयावह


  • 6.8K
    SHARES
    • श्रावण ३०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    दक्षिण कोरियामा एकै दिनमा ६२ हजार कोरोना सङ्क्रमित थपिए, स्थिति भयावह

    सोल । दक्षिण कोरियामा पछिल्लो एक दिनमा थप ६२ हजार जना कोरोना संक्रमित थपिएका छन् । सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६२ हजार ७८ जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् । 

    images

    यो सँगै दक्षिण कोरियामा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूको कुल सङ्ख्या दुई करोड १४ लाख १८ हजार ३६ पुगेको छ । केही दिन अगाडिसम्म दैनिक एक लाखको हाराहारीमा सङ्क्रमित हुने गरेकोमा अहिले भने संक्रमण दर घटेको पाइएको छ । अघिल्लो हप्ता औसतमा दैनिक सङ्क्रमितको सङ्ख्या एक लाख २४ हजार ८२९ रहेको थियो ।

    अहिले सङ्क्रमित अवस्थामा रहेका मध्ये ५२१ जनाको अवस्था गम्भीर रहेको छ । यो सङ्ख्या अघिल्लो दिनको भन्दा नौ बढी हो ।दक्षिण कोरियामा कोरोनाका कारण पछिल्लो एक दिनमा ५० भन्दा बढीको मृत्यु भएको छ । यो सँगै अहिलेसम्म कोरोनाको संक्रमणको कारण मृत्यु हुनेहरूको सङ्ख्या २५ हजार छ सय ७३ पुगेको छ ।