भारतमा एकै दिन ८ हजार बढीमा कोरोना संक्रमण पुष्टि

भारतमा एकै दिन ८ हजार बढीमा कोरोना संक्रमण पुष्टि


  • 5.1K
    SHARES
    • श्रावण ३१, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 7.9K Views

    भारतमा एकै दिन ८ हजार बढीमा कोरोना संक्रमण पुष्टि

    नयाँदिल्ली । भारतमा एकै दिनमा आठ हजार आठ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको सङ्घीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ । भारतमा एक दिन अगाडी १४ हजार नौ सय १७ सङ्क्रमित भएका थिए ।  

    images

    कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २७ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । भारतमा हिजो एक दिनमा १५ हजार ४० जना कोरोना मुक्त भएका छन् । यसैसँगै  कूल चार करोड ३६ लाख ३८ हजार आठ सय ४४ जना कोरोनामुक्त भएका छन् । दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १७ हजार पाँच सय ८ रहेको छ । 

    नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म दुई अर्ब आठ करोड भन्दा बढी मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसमम ८८ करोड ६० भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ । 

  • सम्बन्धित विषय:

  • # भारत

  • तेस्रो आँखा
    लेखकबाट थप