तेस्रो आँखा डेस्क
काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले महाधिवेशन लगत्तैको कांग्रेसको मिसन चुनाव बन्नु पर्ने बताएका छन ।
महाधिवेनको उदघाटन सत्रलाई सम्बोधन गर्दे निधीले कांग्रेसको मिसन चुनाव बन्नु पर्ने बताएका हुन् ।
त्यस्तै उनले महाधिवेशनपछि कांग्रेसभित्र बलियो एकता कायम गरेर हरेक तहको सरकारको नेतृत्व लिने गरि कांग्रेसलाई विजयी बनाउनु पर्ने बताए ।
मुलुकको हितका निम्ति कांग्रेस नेतृत्वको सरकार अपरिहार्य हुने भन्दै उनले त्यो मिसनमा एकता कायम गरेर लाग्नु पर्ने बताए । यसैगरी युवा शक्तिलाई झोला बोक्ने कार्यकर्ता नभै कांग्रेस निर्माणको भुमिकामा ल्याउनु पर्ने निधिको भनाइ छ।
