• ट्रेण्डिङ्ग :
खोटाङमा भाइरलका बिरामी बढे, स्वास्थ्यकर्मी पनि बिरामी

खोटाङमा भाइरलका बिरामी बढे, स्वास्थ्यकर्मी पनि बिरामी


  • 4.7K
    SHARES
    • भाद्र १, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.2K Views

    खोटाङमा भाइरलका बिरामी बढे, स्वास्थ्यकर्मी पनि बिरामी

    खोटाङ  । जिल्ला अस्पताल खोटाङमा भाइरलका बिरामीको चाप बढेको छ । हप्ता दिन यता जिल्ला अस्पताल दिक्तेलमा अधिक ज्वरो आउने, टाउको दुख्ने, जोर्नी खाने, घाँटी दुख्ने, शरीर थाक्ने र गल्ने लगायतका लक्षण देखिने बिरामीको चाप बढेको हो ।

    images

    जिल्ला अस्पतालको ओपिडिमा आइतबार र बुधबार १६० जनाको हाराहारीमा बिरामी उपचारमा आउने गरेको जिल्ला अस्पताल खोटाङका डा। पुष्कल राईले बताए । अन्य दिन कम्तीमा सय जना बिरामी चेकजाँचमा आउने गरेका छन् ।

    चेकजाँचमा आएकामध्ये ५० देखि ६० प्रतिशत बिरामीलाई कोभिड–१९ को लक्षण देखिएको अस्पतालले जनाएको छ । भाइरलबाट स्वयं जिल्ला अस्पतालका स्वास्थ्यकर्मी ग्रसित छन् । भाइरलले स्वास्थ्यकर्मी बिरामी परेपछि अस्पतालमा अन्य बिरामीको उपचारमा समस्या भएको छ ।

    कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिने समस्याबाट स्वास्थ्यकर्मी बिरामी पर्न थालेपछि उपचारमा आएका अन्य बिरामी मारमा परेका हुन् ।

    सेवा प्रवाहलाई निरन्तरता दिनका लागि कतिपय स्वास्थ्यकर्मी औषधि सेवन गर्दै बिरामीको उपचारमा खटिइरहेका छन् । जिल्ला अस्पतालका ५८ जना स्वास्थ्यकर्मीमध्ये १४ जना स्वास्थ्यकर्मी बिरामी परेको जिल्ला अस्पतालका प्रशासन प्रमुख रबिन फुयाँलले बताए ।

  • सम्बन्धित विषय:

  • # १४ जना स्वास्थ्यकर्मी बिरामी

  • तेस्रो आँखा