काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको विज्ञ सल्लाहकारमा नेपाल राष्ट्र बैंकको उपनिर्देशक डा. शालिकराम पोखरेल नियुक्त भएका छन् ।
अर्थमन्त्रीको विज्ञ सल्लाहकारको रुपमा काम गर्न उनलाई काजमा मन्त्रालय तानिएको हो । बैंक तथा वित्तीय क्षेत्रको विज्ञ सल्लाहकारको रुपमा पोखरेलले बुधबारदेखि काम गर्ने बताइएको छ । यसअघि मन्त्रालयले पोखरेललाई काजमा मन्त्रालय पठाइदिन भन्दै राष्ट्र बैंकलाई पत्राचार गरेको थियो ।
