हराएको ३८ वर्षपछि मृत भेटिए भारतीय सैनिक

हराएको ३८ वर्षपछि मृत भेटिए भारतीय सैनिक


  • 7.0K
    SHARES
    • भाद्र १, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 10.7K Views

    हराएको ३८ वर्षपछि मृत भेटिए भारतीय सैनिक

    नयाँदिल्ली । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ । 

    images

    सेनालेका अनुसार शेखरलाई सन् १९८४ मा अपरेशन लागि तैनाथ गरिएको थियो ।  भारत र पाकिस्तानले सियाचेन ग्लेशियरमा नियन्त्रण कायम गर्नको लागि छोटो युद्ध लडेका थिए । यो  विश्वको सबैभन्दा अग्लो रणभूमिको रूपमा प्रतिष्ठित थियो ।

    लद्दाखको हिमाली क्षेत्रमा अवस्थित यस क्षेत्रमा लामो समयदेखि आणविक हतियार भएका छिमेकीहरूबीच प्रतिस्पर्धा हुँदै आएको छ । स्थानीय सञ्चारमाध्यमले शेखर २० सदस्यीय समूहको सदस्य रहेको बताएको छ । उनी गस्तीको क्रममा हिउँको आँधीमा फसेको जनाइएको छ  । उनको अन्तिम संस्कार उनको परिवार बस्ने उत्तरखण्ड राज्यमा पूर्ण सेना सम्मानका साथ हुने बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # भारत

  • तेस्रो आँखा
    लेखकबाट थप