• ट्रेण्डिङ्ग :
स्वास्थ्य बीमा समस्या कसरी समाधान होला ? राज्यमन्त्रीले पेश गरे योजना

स्वास्थ्य बीमा समस्या कसरी समाधान होला ? राज्यमन्त्रीले पेश गरे योजना


  • 4.2K
    SHARES
    • भाद्र १, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 6.4K Views

    स्वास्थ्य बीमा समस्या कसरी समाधान होला ? राज्यमन्त्रीले पेश गरे योजना

    काठमाडौं । स्वास्थ्य बीमा समस्या समाधान कार्यदलको पहिलो बैठक बुधबार बसेको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीको अध्यक्षतामा बैठक बसेको हो । बैठकमा स्वास्थ्य राज्यमन्त्री केसीले स्वास्थ्य बीमा कार्यक्रम सफल बनाउन रणनितीक योजना प्रस्तुत गरेका थिए ।

    images

    बैठकमा स्वास्थ्य बिमा समस्या समाधानका दिर्घकालीन उपायका बारेमा छलफल भएको थियो । स्वास्थ्य राज्यमन्त्री केसीले स्वास्थ्य बीमा कार्यक्रम आम नागरिकसंग प्रत्यक्ष जोडिएको भन्दै हाल देखिएका समस्या समाधान गर्न कार्यदल केन्द्रित हुने बताए । उनले भने, स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन आवश्यक छ । यो कार्यक्रमलाई नागरिकले सक्दो लाभ लीने र सेवामा थप गुणस्तरीयता बनाउन जरुरी छ । यसका लागि हामीले छिट्टै ठोस खाका बनाउँछौं ।

    समितिको सदस्यहरुमा स्वास्थ्य मन्त्रालयका अतिरीक्त सचीव गुणराज लोहोनी, स्वास्थ्य मन्त्रीका बिज्ञ सल्लाहकार रमेश ढकाल, श्रम मन्त्रालयका उपसचिव गुरुदत्त सुवेदी, सदस्य सचिवमा नारायण ढकाल रहेका छन् । आज बुधबार बसेको बैठकले अर्को बैठक आइतवार तीन बजे बस्ने निर्णय गरेको छ ।

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य बीमा

  • तेस्रो आँखा