भिडियो
सावधान ! अबदेखि पातलो प्लाष्टिकका झोला बेच्न पाइँदैनः नियम उल्लंघन गरे कडा कारबाही

सावधान ! अबदेखि पातलो प्लाष्टिकका झोला बेच्न पाइँदैनः नियम उल्लंघन गरे कडा कारबाही


  • 5.0K
    SHARES
    • भाद्र १, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.7K Views

    सावधान ! अबदेखि पातलो प्लाष्टिकका झोला बेच्न पाइँदैनः नियम उल्लंघन गरे कडा कारबाही

    काठमाडौं । सरकारले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला बजारमा ल्याउन प्रतिबन्ध लगाएको छ ।  मापदण्ड बाहिरका प्लाष्टिकका झोला उत्पादन, आयात, बिक्रि–वितरण तथा प्रयोग गर्न भदौ १ गते बुधबारदेखि निषेध गरिदिएको हो ।

    images

    निर्णयको कार्यान्वयन भए/नभएको बारे कडा अनुगमन हुने वातावरण विभागले जनाएको छ । सरकारले २०७८ साल असोज १९ गतेको राजपत्रमा ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगमा प्रतिवन्ध लगाएको सूचना राजपत्रमा  समेत प्रकाशित गरिएको थियो ।

    सो निर्णयलाई अब भने भदौ १ गतेदेखि कडाईका साथ पालना गरिने विभागको भनाइ छ । मापदण्ड विपरितका प्लाष्टिकका वस्तुको प्रयोग वा बिक्रिवितरण गरिए वातावरण संरक्षण ऐन र नियमावली अनुसार कारावाही गरिने विभागले चेतावनी दिएको छ  । यसअघि पनि सरकारले पातला प्लाष्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाए पनि कार्यान्वयन हुन सकेको थिएन ।

    मन्त्रिपरिषदले २०७८ माघ १७ गते प्लाष्टिक झोला प्रतिवन्ध सम्बन्धी कार्ययोजना २०७८ समेत स्वीकृत गरेको थियो । यस निर्णयलाई नै  भदौ १ गतेदेखि कडाईका साथ पालना गरिने विभागले जनाएको छ । कोभिड १९ का कारण सरकारले बीचमा पातलो प्लाष्टिकको झोला बजारमा ल्याउन प्रतिबन्ध लगाउने  निर्णयलाई खुकुलो छाडेको थियो ।

     

  • सम्बन्धित विषय:

  • # प्लाष्टिकका झोला

  • तेस्रो आँखा