चन्दा उठाएर युक्रेनलाई माइक्रोस्याटेलाइट सहयोग, रुसविरुद्ध कसरी प्रयोग गर्ला ?

चन्दा उठाएर युक्रेनलाई माइक्रोस्याटेलाइट सहयोग, रुसविरुद्ध कसरी प्रयोग गर्ला ?


  • 5.3K
    SHARES
    • भाद्र ४, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 8.1K Views

    चन्दा उठाएर युक्रेनलाई माइक्रोस्याटेलाइट सहयोग, रुसविरुद्ध कसरी प्रयोग गर्ला ?

    एजेन्सी । युक्रेनमा मस्कोको विशेष अभियान जारी छ । यस्तो अवस्थामा युक्रेनी सेनाले भूउपग्रहको सहयोगमा युद्धभूमिको राम्रो तस्बिर लिन सकून् भनेर कोष सङ्कलन अभियान चलाइएको थियो । माइक्रो स्याटेलाइट निर्माता फिनल्याण्डको कम्पनी आईसीइवाइई का अनुसार युक्रेन सरकारलाई रातको समयमा वा बाक्लो बादलमा पनि राम्रो तस्विर लिन सक्ने राडार स्याटेलाइट प्रयोग गर्न अनुमति दिइएको छ ।

    images

    टेलिभिजन प्रस्तोता सेर्ही प्रितुलाले यही पैसा जुटाउन अभियान सुरु गरेको बताइएको छ । सञ्चारमाध्यमका अनुसार कोष संकलन अभियानमार्फत १२ मिलियन डलरसम्म संकलन भएको छ । मुख्य उद्देश्य टर्की–निर्मित बेराकटार सशस्त्र लडाई ड्रोन खरिद गर्न थियो । तर कम्पनीले त्यसको सट्टा चन्दा दिएपछि उठेको रकम स्याटेलाइट खरिद गर्न प्रयोग गरियो ।

    यसैबीच, युक्रेनी रक्षामन्त्री ओलेक्सी रेज्निकोभले युक्रेनी सशस्त्र बलहरूले अत्याधुनिक हतियारहरूको सहयोगमा राम्रो र सर्वेक्षण योग्य छविहरू उपलब्ध हुँदा रूसी अतिक्रमणहरू विरुद्ध नयाँ सम्भावनाहरू हुने बताएका छन् ।

    रक्षामन्त्रीले भने, ‘अहिलेको लागि, हामी मान्न सक्छौं कि यदि हामीले युद्धभूमिको बारेमा राम्रो तस्विरहरू प्राप्त गर्यौं भने, हामी हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम (एचआइएमएआरएस), मल्टिपल रकेट लन्चर एम–२७० र एमएआरएस  जस्ता हाम्रा हतियारहरूद्वारा शत्रुलाई अझ प्रभावकारी रूपमा आक्रमण गर्न सक्छौं ।’ युक्रेनले हालैका हप्ताहरूमा रूसी हतियारहरूलाई लक्षित गर्न यी हतियारहरू प्रयोग गरिसकेको छ । (एजेन्सीको सहयोगमा)

  • सम्बन्धित विषय:

  • # युक्रेन
  • # युक्रेन-रूस युद्द

  • तेस्रो आँखा