विश्वमा कोरोना संक्रमितको संख्या घट्दो, एसियामा भने बढ्दो 

विश्वमा कोरोना संक्रमितको संख्या घट्दो, एसियामा भने बढ्दो 


  • 7.4K
    SHARES
    • भाद्र ४, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 11.4K Views

    विश्वमा कोरोना संक्रमितको संख्या घट्दो, एसियामा भने बढ्दो 

    काठमाडौं । विश्वमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या घट्दै गएको तथ्यांक सार्वजनिक भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विश्वमा कोरोनाका कारण मृतकको संख्यामा पनि झण्डै छ प्रतिशतले कमी आएको छ । तर एसियामा भने मृतकको संख्या बढेको डब्लुएचओको दाबी छ ।  

    images

    गत हप्ता विश्वमा ५४ लाख मानिस कोरोना भाइरसबाट संक्रमित भएका थिए । यो संख्या अघिल्लो साताको  भन्दा २४ प्रतिशतले कम भएको जनाइएको छ । अफ्रिकामा ४० प्रतिशतका दरले नयाँ संक्रमितको संख्यामा कमी आएको छ ।

    युरोप र मध्यपूर्वमा पनि संक्रमण दर घट्दै गएको डब्ल्यूएचओले जनाएको छ । पश्चिमी प्रशान्त र दक्षिण पूर्वी एसियामा भने मृतकको संख्यामा वृद्धि भएको छ । ती क्षेत्रमा क्रमशः ३१ र १२ प्रतिशतका दरले मृतकको संख्यामा वृद्धि भएको देखिएको हो । 

    विश्वमा अझै पनि कोरोना भाइरसको असर बाँकी नै रहेकाले यसबाट बच्नका लागि अपनाउनु पर्ने उपाय अपाउन उत्तिकै आवश्यक रहेको डब्ल्यूएचओका अधिकारीले जनाएका छन् । खोप लगाउन, मास्कको प्रयोग गर्न, सामाजिक दुरी कायम गर्न, संक्रमण भएमा कम्तीमा एक हप्ता छुट्टै बस्न स्वास्थ्यविद्हरुले सुझाएका छन् । कोरोना भाइरसको महामारी अन्त्य भइसकेको भन्ने नठान्न डब्ल्यूएचओले सवैको ध्यानाकर्षण गराएको छ ।