• ट्रेण्डिङ्ग :
झण्डै ५ लाख मात्रा कोरोना विरुद्ध खोपको म्याद गुज्रियो

झण्डै ५ लाख मात्रा कोरोना विरुद्ध खोपको म्याद गुज्रियो


  • 5.4K
    SHARES
    • भाद्र ५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.4K Views

    झण्डै ५ लाख मात्रा कोरोना विरुद्ध खोपको म्याद गुज्रियो

    काठमाडौं । नेपालमा करिब ५ लाख डोज कोरोना विरुद्धको खोप म्याद गुज्रिएर खेर गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा अन्तर्गत रहेको आपूर्ति शाखाका बढेबाबु थापाका अनुसार लगभग ५ लाख डोज खोप खेर गएको आँकडा आएको बताए । उनका अनुसार खेर गएको खोप धेरै कोभिसिल्ड रहेको समेत बताए ।

    images

    कोभ्याक्स सुविधामार्फत गत मंसिरमा १८ लाख ७१ हजार र पुसमा १८ लाख ७० हजार कोभिसिल्ड खोप प्राप्त भएको थियो। हाल सोही खोपको १० लाख मात्रा साउन सात गतेसम्म नलगाए खोपको म्याद गुज्रिएर खेर गएको हो ।

    स्वास्थ्य मन्त्रालयको विवरण अनुसार हालसम्म नेपालमा ६ करोड १७ लाख ७६ हजार ७७० डोज खोप आएको छ । जसमा हालसम्म ५ करोड ६ लाख ५५ हजार ५ सय ३ डोज खोप लगाइएको छ। जस अन्तर्गत ९४ प्रतिशतले एक डोज र ९१ प्रतिशतले पूर्ण डोज खोप लगाएका छन भने ७५ लाख १९ हजार ५७१ जनाले बुस्टर डोज खोप लगाएका छन् ।

    नेपालमा हाल मोडर्ना, फाइजर, अस्ट्राजेनिका, कोभिसिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन खोप हाल प्रयोगमा ल्याइएको छ ।