तेस्रोआँखा डेस्क
काठमाडौँ,मंसिर २५ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री डा. शशांक कोइरालालाई आफ्नो उपसभापति बस्न सल्लाह दिएका छन् । आज उनिहरु बिच भएको भेटका क्रममा देउवाले कोइरालालाई आफ्नो समुहबाट उपसभापतिको उम्मेदवार बन्न सुझाएका हुन् । देउवाले कोइरालासंग गठबन्धन निर्माण गर्न खोजेपछि कोइरालालाई देउवा पक्षीय नेताहरुले देउवा निवास पुर्याएका थिए । कोइराला संस्थापन इतर समुहबाट सभापतिमा निर्वाचन लड्ने आकांक्षामा थिए । तर उनको नाममा सहमती नजुटेपछि उनि सभापतिको रेसबाट बाहिरिएका थिए ।
