नवौँ राष्ट्रिय खेलकुद : जिल्लास्तरीय छनोट भदौ १० देखि

नवौँ राष्ट्रिय खेलकुद : जिल्लास्तरीय छनोट भदौ १० देखि


  • 6.7K
    SHARES
    • भाद्र ६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    नवौँ राष्ट्रिय खेलकुद : जिल्लास्तरीय छनोट भदौ १० देखि

    बैतडी । आगामी असोजमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीमा जिल्लास्तरीय छनोट भदौ १० देखि सुरु हुने भएको छ । 

    images

    बैतडी जिल्ला खेलकुद समितिका प्रमुख तर्कराज जोशीका अनुसार उक्त प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक आवेदन भरेका महिला र पुरुष खेलाडीको छनोट भदौ १० देखि भदौ १५ सम्म हुने भएको हो ।  पहिलो दिन टेबलटेनिस (महिला÷पुरुष), बुद्धिचाल, भारत्तोलन पुरुष, कराते, तेक्वान्दो (महिला/पुरुष) छनोट सदरमुकाममा हुनेछ । दोस्रो दिन सदरमुकाममै ब्याडमिन्टन (महिला÷पुरुष), उस्सु फुल कन्टयाक्ट कराते (महिला/पुरुष), मेलौली खेल मैदानमा भलिबल (महिला/पुरुष) छनोट भदौ १२ गते हुने जनाइएको छ । 

    यस्तै भदौ १३ गते पाटन खेल मैदानमा कबड्डी (महिला/पुरुष), एथलेटिक्स (महिला÷पुरुष), फुटबल, बक्सिङ (पुरुष), भदौ १४ गते देहिमाडौँ खेल मैदानमा पुरुष क्रिकेट र भदौ १५ गते सोही मैदानमा महिला क्रिकेट छनोट प्रतियोगिता सञ्चालन हुने बैतडी जिल्ला खेलकुद समितिले जनाएको छ ।  

    छनोट प्रतियोगितामा सहभागी हुनका लागि यहाँका ३२५ खेलाडीले आवेदन भरेका छन् ।  जिल्लाबाट छनोट भएका खेलाडीले प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुन पाउनेछन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने तय भएको छ ।

  • सम्बन्धित विषय:

  • # नवाैं राष्ट्रिय खेलकुद

  • तेस्रो आँखा
    लेखकबाट थप