• ट्रेण्डिङ्ग :
ज्याला नपाएको विरोधमा उत्रिएका नेपाललगायतका कामदार देश निकाला ! ‘सुरक्षा कानुन’ तोडेको कतारको आरोप  

ज्याला नपाएको विरोधमा उत्रिएका नेपाललगायतका कामदार देश निकाला ! ‘सुरक्षा कानुन’ तोडेको कतारको आरोप  


  • 5.0K
    SHARES
    • भाद्र ८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.7K Views

    ज्याला नपाएको विरोधमा उत्रिएका नेपाललगायतका कामदार देश निकाला ! ‘सुरक्षा कानुन’ तोडेको कतारको आरोप  

    काठमाडौं । कतारले ज्याला नपाएको विरोधमा उत्रिएका नेपाललगायत विभिन्न देशका आप्रवासी कामदारलाई देश निकाला गरिदिएको छ । कम्तीमा ६० जना कामदारहरूले निर्माण कम्पनी अल बन्दारी इन्टन्याशनल ग्रुपको दोहास्थित कार्यालय सामु अगस्ट १४ मा ¥याली निकालेका थिए । तीमध्ये कतिपयले सात महिनादेखि ज्याला नपाएको बताइएको छ । लगत्तै केही कामदार पक्राउ परे भने केहीलाई देशबाट निकाला गरिएको छ । देश निकाला गरिनेहरुको स्पष्ट संख्या भने थाहा भएको छैन ।

    images

    इक्वीडेम नामक मानवअधिकारवादी संस्थाका अनुसार त्यसरी निकालिनेमा नेपाल, बंगलादेश, भारत, इजिप्ट र फिलिपिन्सका श्रमिक छन् । कतार सरकारले निकालिने कामदारहरूले ‘सुरक्षा कानुन’  तोडेको बताएको बीबीसीले उल्लेख गरेको छ । सन् २०१० मा कतारले विश्वकप फुटबल आयोजनाको अधिकार पाएपछि रंगशाला तथा अन्य पूर्वाधार निर्माण थालेको थियो । कतारले आउँदो नोभेम्बर महिनामा विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्दैछ । अल बन्दारी इन्टरनेश्नल ग्रुप नामक कम्पनी खासगरि निर्माण तथा इन्जिनियरिङमा संलग्न छ । 

    अहिले विवादमा परेका श्रमिकहरू विश्वकप तयारीकै निर्माण कार्यमा सामेल थिए वा थिएनन् भन्ने थाहा भएको छैन । आयोजक समितिले यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । तर कतार सरकारले दोहामा भएको विरोध प्रदर्शनमा सामेल केही कामदारहरूलाई जनसुरक्षा कानुन तोडेको आरोपमा पक्राउ गरिएको स्वीकार गरेको छ । तीमध्ये ‘शान्त रहन नसकेका’ थोरै संख्याका कामदारलाई देशनिकाला गरिने बुझिएको छ । अधिकारवादी संस्थाहरूले भने केही कामदार कतार छाडेर गइसकेको बताएका छन् ।  

    अल बन्दारी ग्रुप यसअघिदेखि नै कामदारलाई ज्याला नदिएका उजुरीहरूका कारण अनुसन्धानको घेरामा परिसकेको कतार सरकारले बताएको छ । तलबज्याला तिरिसक्न उसलाई दिइएको समयसीमा नाघेका कारण अब थप कारबाही हुने छ । कतार सरकारका अनुसार त्यहाँ काम गर्न योग्य ९६ प्रतिशत कामदारहरूलाई ज्यालाको सुरक्षा प्रणालीले समेट्छ । काम लगाउने कम्पनीहरूले ज्याला दिनुपर्ने समयको सातदिनभित्र सबै ज्याला कतारी बैंकमार्फत् भुक्तानी गर्नुपर्छ । कतार सरकारले यस प्रणालीका कमजोरीहरूपनि खोजबिन गरिरहेको जनाइएको छ ।

  • सम्बन्धित विषय:

  • # नेपाल र कतार

  • तेस्रो आँखा
    लेखकबाट थप