- तेस्रोआँखा डेस्क
काठमाडौं,मंसिर २५ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा उम्मेदवारी दिएका छन् । उनले केहीबेर अघि महामन्त्री उम्मेदवारी दर्ता गराएका हुन् ।
उनी संस्थापन समूहबाट महामन्त्री पदका आकांक्षी थिए । तर उनि संस्थापन समूहबाट अलग भएपछि उनले आफ्नो एकल उम्मेदवारी दर्ता गरेका हुन् । उम्मेदवारी दर्ताका क्रममा शर्माले आफूले आफ्नो सभातिको उम्मेदवार केहीबेरमा बताउने बताएका छन् ।
