काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) अवैधरुपमा बनेका संरचनालाई हटाउन शंखमुल पुगेका छन्।
मेयर बोलेन शाहको उपस्थितिमै महानगरले केहि दिन देखि काठमाडौंका विभिन्न ठाउँमाा अवैध रुपमा बनेका संरचनालाई भत्काउँदै आएको छ । हिजो मात्र महानगरले सुन्धारास्थित काठमाडौं मल अगाडिको र खिचापोखरी नजिकैको आरबी कम्प्लेक्समा अन्डरग्राउन्ड पार्किङ बन्द गरेर व्यापारिक प्रयोजन गरेको संरचना भत्काएको थियो । त्यस्तै सोमबार महानगरले नयाँ बानेश्वरमा रहेको अवैध संरचना भत्काएको थियो ।
महानगरले ३५ दिनभित्र अवैध संरचना हटाउन सूचना जारी गरेको थियो । सोहि सूचनाको पालना भए नभएको अनुगमन गर्न बालेन शंखमूल पुगेका हुन् । त्यसपछि उनी कोटेश्वर जाने पनि बताइएको छ । मेयर बालेनसँगै उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख मिरा चौधरी सहितको टोली रहेको छ ।
