काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर थप तीन सय २४ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
जम्मा तीन हजार पाँच सय १५ जनाको नमुना परीक्षण गर्दा तीन सय २४ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
एक हजार छ सय ७३ जनाको पिसिआर परीक्षण गर्दा एक सय ६३ जनामा र एक हजार आठ सय ४२ जनाको एन्टीजेन परीक्षण गर्दा एक सय ६१ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण एक जनाको मृत्यु भएको छ भने चार सय १८ संक्रमित निको भाएका छन् ।
हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या तीन हजार नौ सय ४३ रहेको छ ।

