काठमाडौं । भारतको नोयडामा कानुन विपरीत निर्माण गरिएका दुईवटा टावर भत्काइएको छ । आइतबार ३ हजार ७ सय किलो विस्फोटक पदार्थ प्रयोग गरेर सुपरटेक बिल्डरले निर्माण गरेका यी टावर भत्काइएको हो । यी एपेक्स र केयन नामबाट चिनिएका थिए ।
भवन भत्केपछि धुलो उड्ने भएकाले आसपासका ठाउँ खालि गरिएको थियो भने आसपासको सडक पनि बन्द गरिएको थियो । सुपरटेकले भवन आचारसंहिताको गम्भीर उल्लंघन गरेको भन्दै भारतको सर्वोच्च अदालतले टावर भत्काउन आदेश दिएको थियो । भवन भत्काउन र भत्काएपछिको सफाइमा लाग्ने सबै खर्च कम्पनीले व्यहोरेको छ ।
