नोयडा । केही सेकेन्डमै आइतबार भारको नोएडामा दुई भब्य भवन (ट्वीन टावर) भत्काइए । यी जुम्ल्याहा टावरहरू दिउँसो ठीक २.३० बजे विस्फोटक पदार्थले उडाएर भग्नावशेषमा परिणत गरिए । भवन भत्किँदा धुवाँको मुस्लोले ठूलो क्षेत्र ढाकेको थियो । एपेक्स र केएन नामका टावरहरू सुपरटेक बिल्डरले बनाएका हुन् । पछि ती बनाउनमा नियम उल्लंघन भएको पाइयो । यी भत्काएका भवनहरु देशकै सबैभन्दा ठूला भवन मानिन्थे ।
३० तलाको भवनलाई ‘ट्विन टावर’ भनिन्थ्यो । उचाइ ३२० फिट भएका भवनहरु नोएडाको घना जनसंख्या भएको क्षेत्रमा अवस्थित थिए । भवन भत्काउन तल्लो तलाबाट करिब ३७०० केजी विष्फोटक पदार्थ थो प्रयोग गरिएको थियो । नोएडा प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा सरसफाईका लागि ६ मेकानिकल स्वीपिङ मेसिन र दुई सय कामदार खटाइएको छ।
यसका साथै प्रभावित क्षेत्रमा सडक, फुटपाथ, पार्क, मध्यवर्ती किनारा, रुख तथा बोटबिरुवा धुनका लागि सयवटा पानी टंकीको व्यवस्था गरिएको छ । यस अवधिमा वरपरका रुख तथा बिरुवामा रहेको धुलो तुरुन्तै हटाउने काम केही समयमै सुरु गरिने भएको छ । आगामी दिनमा उक्त क्षेत्रमा पानी छर्किने समेत जानकारी दिइएको छ ।
भवन भत्काउनका लागि जुन तयारी गरिएको थियो, त्यो सबै योजनाबमोजिम भएको थियो । योजनाअनुसार अब उक्त स्थानबाट भग्नावशेष हटाइने छ । तर आज पनि धेरैको मनमा यो प्रश्न छ कि करिब ३२० फिट अग्लो टावर किन ढालियो ? वास्तवमा यो टावर नियम उल्लंघन गरी निर्माण गरिएको थियो ।
एपेक्स (३२ तला) र सियान (३० तले) जुम्ल्याहा टावरहरू भारतको राजधानीको सबैभन्दा अग्लो कुतुब मीनारभन्दा अग्ला थिए। लामो कानुनी लडाइपछि यो टावर भत्काउने निर्णय भएको हो । यो संघर्ष इलाहाबाद उच्च न्यायालयबाट सुरु भएको थियो । यसको अन्तिम फैसला सर्वोच्च अदालतमा भएको थियो।
सन् २००४ मा निर्माणा सुरु
भवनका कथा सन् २००४ मा सुरु हुन्छ, जब नोएडा (नयाँ ओखला औद्योगिक विकास प्राधिकरण) ले एक औद्योगिक शहर बन्ने योजनाको एक भागको रूपमा आवासीय क्षेत्र निर्माण गर्न सुपरटेक नामको कम्पनीलाई साइटको जिम्मा दिइयो । समाचार एजेन्सी र मिडिया रिपोर्टहरूका अनुसार, २००५ मा, नोएडा बिल्डिंग कोड र दिशानिर्देशहरू १९८६ अनुसार प्रत्येक १० तलाका १४ फ्ल्याटका लागि सुपरटेकद्वारा योजनाहरू तयार र अनुमोदन गरिएको थियो।
नोएडा प्राधिकरणले प्रत्येक १० तलाको १४ अपार्टमेन्ट भवनहरू निर्माण गर्न अनुमति दियो, जसको उचाइ ३७ मिटर भन्दा बढी हुनु हुँदैन। योजनाअनुसार यस जग्गामा १४ वटा अपार्टमेन्ट र कमर्सियल कम्प्लेक्ससहितको बगैंचा निर्माण गर्ने थियो । सन् २००६ मा कम्पनीलाई निर्माणका लागि थप जग्गा दिइएको थियो । पहिले नै उल्लेख गरिएअनुसार नै नियम भए पनि बगैंचाविना थप दुईवटा भवन (१० तला) बनाउने नयाँ योजना बनाइएको थियो । अन्ततः, २००९ मा, ४० फ्लोरको दुईवटा अपार्टमेन्ट टावरहरू निर्माण गर्ने अन्तिम योजनाहरू बनाइयो, तथापि, त्यो समयमा परियोजना स्वीकृत भएन ।
कानूनी मुद्दा
सन् २०११ मा, निवासी कल्याण संघको तर्फबाट इलाहाबाद उच्च अदालतमा एक याचिका दायर गरिएको थियो । यी टावरहरू निर्माण गर्दा उत्तर प्रदेश अपार्टमेन्ट ओनर्स एक्ट, २०१० उल्लंघन गरेको न्यायाधीशहरुको आरोप छ। सोही अनुसार १६ मिटर मात्रै टाढा रहेका दुई टावरले कानुन उल्लंघन गरेका छन् ।
यी दुवै टावर बगैंचाका लागि छुट्याएको जग्गामा गैरकानुनी रूपमा खडा गरिएको निवेदनमा पनि आरोप छ । नोएडा प्रशासनले सन् २०१२ मा इलाहाबाद उच्च अदालतमा सुनुवाईको लागि मुद्दा आउनु अघि, २००९ मा दायर गरिएको योजना (40 फ्लोरहरू सहित दुईवटा अपार्टमेन्ट टावरहरू) लाई अनुमोदन गरेको थियो।
टावर भत्काउने आदेश
यस मामलामा, अप्रिल २०१४ मा अदालतको निर्णय निवासी कल्याण संघको पक्षमा आयो । यसअन्तर्गत ती टावरहरू भत्काउन आदेश पनि जारी गरिएको थियो । टावर भत्काउने खर्च सुपरटेकले बेहोर्ने र यहाँ घर किनिसकेकालाई १४ प्रतिशत ब्याजसहित रकम फिर्ता गर्न पनि निर्देशन दिइएको छ । सोही वर्षको मे महिनामा सुपरटेकले निर्माण कार्य उचित मापदण्डअनुसार भएको दाबी गर्दै उक्त निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालत पुगेको थियो ।
चुनौती कति गाह्रो ?
भारतमा गगनचुम्बी भवनहरू भत्काउनु सजिलो काम होइन । २०२० मा भारतीय उच्च अधिकारीहरूले केरलामा दुईवटा लेकसाइड लक्जरी अपार्टमेन्टहरू भत्काए । जुन वातावरणीय नियमको उल्लंघन गर्दै निर्माण गरिएक थिए । तर नोएडामा भत्किएका जस्ता सबैभन्दा अग्ला दुइ भवन भारतमा यसअघि कहिल्यै भत्काइएका थिएनन् ।
