विश्वविद्यालय घट्नाबारे एमालेको ध्यानाकर्षण

विश्वविद्यालय घट्नाबारे एमालेको ध्यानाकर्षण


  • 5.5K
    SHARES
    • भाद्र १३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.4K Views

    विश्वविद्यालय घट्नाबारे एमालेको ध्यानाकर्षण

    काठमाडौं । नेकपा (एमाले) ले सत्तारुढ निकट भ्रातृ संस्था र व्यक्तिबाट त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी र तोडफोड, तथा पदाधिकारीमाथि आक्रमणको प्रयास गरिएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ ।
          
    प्रतिनिधिसभाको आज (सोमबार) को बैठकको सुरुमा एमालेका सांसदहरुले हात उठाएपछि सभामुख अग्निप्रसाद सापकोटासँग समय लिएर नेता प्रदीप ज्ञवालीले पवित्र एवं प्राज्ञिक शैक्षिक संस्थामाथिको यस प्रकारको क्रियाकलाप निन्दनीय भएकाले दोषीमाथि कारबाही गर्न माग गरे । 

    images

    उनले विश्वविद्यालयका प्राध्यापकलाई कुटपिट गर्नेमाथि प्रहरीले संरक्षण गर्ने, महान्यायाधिवक्ताको कार्यालयले मुद्दा फिर्ता लिनेजस्ता कार्यले स्वदेशभित्रको उच्च शिक्षा खस्कँदो र अध्ययनका नाममा पुँजी पलायन हुन थालेकामा चिन्ता व्यक्त गरिन् ।
          
    पूर्वमन्त्री ज्ञवालीले तीन वर्षमा तीन सय दिन तालाबन्दी भएपछि विश्वविद्यालको हालत के होला भन्ने प्रश्न गर्दै विद्यार्थीलाई सुरक्षा र प्राज्ञिक स्वतन्त्रताको रक्षा गर्नुपर्नेमा यस्ता व्यवहारले शैक्षिक उन्नयन कसरी हुन्छ भन्ने चिन्ता व्यक्त गरे । 

  • सम्बन्धित विषय:

  • # त्रिभुवन विश्वविद्यालय
  • # नेकपा (एमाले)

  • तेस्रो आँखा