सुर्खेत । नेकपा माओवादी केन्द्रका दुई नेता कर्णाली प्रदेशमा मन्त्री पदमा नियुक्त भएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रातो कामी नियुक्त गरिएका हुन् ।
मुख्यमन्त्री जीवनबहादुर शाहीले उनीहरुलाई आज (सोमबार) नियुक्त गरेका मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।नवनियुक्त अर्थमन्त्री शाह जाजरकोटबाट सामानुपतिक सांसद हुन् । कामी रुकुम पश्चिमबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचित सांसद रहेको जनाइएको छ ।
यसअघि माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जल, स्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई राजीनामा दिन भनेको थियो ।
